धनगढी, १६ मंसिर । एकिकृत माआवादी निकट अखिल नेपाल टे्र्ड युनियन महासंघले हिजो देखी सुदुरपश्चिका सम्पुर्ण पेट्रोलपम्पहरु वन्द गराएको छ ।
नेपाल आयाल निगमको सुदुरपश्चिम स्थीत क्षेत्रिय कार्यालयमा मंसिर १२ गते देखि अनिश्चितकालीन तालावन्दी गरी आन्दोलनमा उत्रिएको महासंघले हिजो देखि यस क्षेत्रका सवै पेट्रोलपम्प हरु वन्द गराएको हो । महासंघले २४० दिन पम्पमा काम गरेका मजदुरलाई स्वतः स्थायि गरीनुपर्ने, सरकारले तोकेको न्युनतम पारीश्रमीक उपलव्ध गराउनुपर्ने , मजदुर वीमाको व्यवस्थापन गरीनुपर्ने लगायतका १६ वुदे माग राख्दै आयल निगम र विक्रि डिपोहरु वन्द गराएको महासंघका जिल्ला संयोजक टोप वहादुर रानाले वताउनुभयो ।युनियनले गत १२ गते देखी नेपाल आयल निगमका सम्पुर्ण पेट्रोलियम विक्रि डीपोहरुमा तालवन्दि गरेको थियो । पेट्रोलपम्पहरु वन्द गराएपछि सुदरपश्चिमका विभिन्न्न रुटमा चल्ने सवारी साधन चलाउन अप्ठारो भएको यातायात व्यावसायीहरुले गुनासो गरेमा छन ।
Old News



