Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

१० हजार घरपरिवार बाढी पिडित, मुक्त कमैया तथा सुकुम्बासीहरुलाई बसाउने योजना

E-mail Print PDF

लम्की, १३ मंसिर । कैलाली जिल्लाका बाढी पिडित, मुक्त कमैया तथा सुकुम्बासीहरुले बलिया गा.वि.सको वडा नं. ८ र ९ मा पर्ने डुडेझारी जंगल कब्जा गरेर घर टहरा निर्माण गरेका छन् ।

अखिल नेपाल सुकुम्बासी संघको केन्द्रिय योजना अनुसार उनीहरुले उक्त जंगल कब्जा गरी घर टहरा निर्माण गरेका हुन ।

उक्त स्थानमा कैलाली जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका साथै सुर्खेत र बर्दिया जिल्लामा बाढी पिडित सुकुम्बासी र मुक्त कमैयाहरुले घर टहरा निर्माण गरेका छन् ।

करिब २ सय बिगाहा जग्गा कब्जा गरेर मंसिर १० गतेबाट बसोबास गर्न आएका सुकुम्बासीहरुले हालसम्म करिब ४ हजार भन्दा बढी घर परिवारले टहरा निर्माण गरेर बसोबासका लागी आइसकेको र डुडेझारी क्षेत्रमा १० हजार घरपरिवारलाई बसाउने योजना रहेको अखिल नेपाल सुकुम्बासी संघ कैलालीका अध्यक्ष नरेश शाही "रक्तिम" ले बताए ।

संघको केन्द्रिय समितिको तथ्याङ्कक अनुसार कैलालीमा मात्र ३८ हजार सुकुम्बासी रहेका समेत शाहीले बताए । भूमिहिन, अव्यवस्थित र बाढीपिडितहरु सबै सुकुम्बासी भएको उनले बताए ।

बल प्रयोग गरेर सुकुम्बासीहरुलाई उठाउन खोजे प्रतिकार गरिने पूर्ण प्रसाद बजगाईले बताए । आफुहरुले वन विनाश नगरेर वन भित्रको डुडेझारीको खाली फाटमा मात्र बसोबास गरेको सुकुम्बासीहरुले बताएका छन ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69892