Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

भिष्म एकता परिषद् नेपालद्धारा १६ गते सुदुरपश्चिम बन्दको घोषणा

E-mail Print PDF

धनगढी, १२ मंसिर । भिष्म एकता परिषद् नेपालले यहि मंसिर १६ गते सुदुरपश्चिम बन्दको घोषणा गरेको छ ।

नेपालमा हिन्दु राज्य स्थापना हुनु पर्ने, राष्ट्रिय जनावर गाईलाई हटाउन नपाइने, राष्ट्रिय झण्डा फेन नपाइने, सिमा अतिक्रमण रोकिनुपर्ने र युवाका समस्या समाधान गर्नु पर्ने लगायतका १२ सुत्रिय माग परिषद्ले अगाडी सारेको छ ।

भिष्म एकता परिषद् नेपालका केन्द्रिय सदस्य सिन्धुद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा नेपालमा संघियता आवश्यक नभएको, मुलुकमा शान्ती स्थापना हुनुपर्ने, द्धन्द पिडितलाई राहत र पुनस्थापनाको स्थापना गरिनुपर्ने लगायतका माग सरकार समक्ष अगाडी सारेको छ ।

माग पूरा गराउन सरकारको ध्यानाकर्षा गराउन यहि मंसिर १६ गते सुदुरपश्चिम बन्द आयोजना गरिएको परिषदले जनाएको छ ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70210