दिपायल, ११ मंसिर। डोटीमा महिला अधिकारका क्षेत्रमा काम गर्ने एक संथाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी वक्ताहरुले-अछाममा वलत्कृत भएकी महिला प्रहरी सुन्तली धामीका अपराधिलाई कार्वाहि गर्न सरकारलाइ दवाव दिन आग्रह गरेका छन ।
महिला अधिकार मञ्च डोटीको आयोजनामा "घरेलु हिंसा विरुद्ध १६ दिने अभियान" विसयक पत्रकार सम्मेलनमा उपस्थित सहभागीहरुले सुदुरपश्चिमकी एक चेली बलत्कारको सिकार भएकोले याहाँका संघ संस्थाले विशेष आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।डि.आई.जि. पार्वती थापा बलत्कृत सुन्तली धामीको पक्षमा बेालेकै कारण सरुवा गर्राईनु यो क्षेत्रको लागी दुभाग्य पुण भएको पनि सहभागीहरुले व्यक्त गरेका थिए । त्यसैगरि प्रहरी विभाग भित्र महिला माथी हुने हिंसाका बारेमा बुझ्न पनि महिला अधिकार मञ्चलाई आग्रह गरेका थिए । सोही अवसरमा महिला अधिकार मञ्च डोटीले महिला घरेलु हिंसा सम्बन्धि १६ दिने विभिन्न कार्यक्रम तय गरेको छ । महिला अधिकार मञ्च डोटीकी अध्यक्ष शारदा भट्टले महिला अधिकार मञ्च डोटीले अछाममा बलत्कृत भएकी सुन्तली धामीका बारेमा स्पष्ट छानविन हुनु पर्ने भनि २ ओटा विज्ञप्ती निकालेको उल्लेख गर्दै उहाँले अबका दिनमा यस्ता खाले विषयलाई विशेष प्राथमीकता दिने बताउनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका महिला अधिकार कर्मिहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
Old News



