Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

बाढी पिडीतका लागि एक महिना पछि राहत रकम

E-mail Print PDF

महेन्द्रनगर, १० कार्तिक । बाढी गएको एक महिना पछि मात्र नेपाल सरकारले पिडीतलाई राहत स्वरुप चामल खरिद गरेर बितरण गर्नका लागि एक करोड रकम कञ्चनपुर जिल्लामा पठाएको छ ।

गत महिनाको बाढी-पहिरोबाट प्रभावित सुदुर र मध्यपश्चिमका लागी सरकारले छुट्याएको पन्ध्र करोड रुपैया मध्ये कञ्चनपुर जिल्लाका लागी एक करोड रुपैया निकासा गरेको हो । गृहमन्त्रालयले जिल्ला दैविक प्रकोप उद्वार समिति मार्फ उक्त रकम निकासा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रकम निकाससंगै मन्त्रालयबाट गरिएको परिपत्रमा निकासा भएको रकमले चामल खरिद गरेर पिडीतहरुलाई बाड्न उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी कुश्माकर ढकालले जानकारी दिनुभएको छ । प्रभावितहरुको एकिन तथ्यांक आए लगत्तै जिल्ला दैविक प्रकोप उद्वार समितिको बैठक बसेर संकलन गरिएको तथ्यांक र पीडितहरुको अवस्था हेरि राहत दिइने प्रजिअ ढकालले बताउनुभयो ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70211