महेन्द्रनगर, ९ कार्तिक । कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा यही कार्तिक १२ देखि हुन गइरहेको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव-२०६६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव शुरु हुन तीन दिन मात्रै बाँकी रहँदासम्म झण्डै ८० प्रतिशत जति तयारीको काम सम्पन्न भइसकेको मेला प्रचार प्रसार उपसमितिका संयोजक एवम् कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव झंग बहादुर मल्लले जानकारी दिनुभएको छ ।महोत्सवका लागी आजका दिनसम्म ९० वटा स्टलहरु बुकिङ भइसकेका र उद्घाटन समारोहसम्ममा एक सय २५ वटा स्टलहरु बुकिङ भइसक्ने उहाँले बताउनुभयो । उहाँले यसवर्षभारतबाट समेत स्टलहरु आउन लागेका जानकारी दिनुभयो । महोत्सवमा स्टलहरु राख्ने स्थान, मञ्च व्यवस्थापन त्यसैगरी अतिथीहरुका लागी आवास लगायत अन्य विविध तयारीहरु त्रि्र रुपमा भइरहेको उहाँको भनाई छ ।
महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने बताइएको छ । यसक्षेत्रका खानाका परिकारहरु त्यसैगरी नेपालमै प्रतिष्ठित उपहारका रुपमा रहेका विजयसालका भाडाहरु लगायतका उत्पादनहरु राखिने छन ।
चौथो पटक हुन लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा यसवर्षसमेत विविध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छन । स्थानीय, राष्ट्रिय कलाकारहरुले सँस्कृति झल्काउने प्रस्तुतिहरु राख्ने छन ।
उद्योग, व्यापार, कृषि, पर्यटन, घरेलु तथा लघु उद्यम, सुचना प्रविधी, ग्रामीण प्रविधी, बैकल्पीक उर्जा, कला, संस्कृती, साहित्यको पर््रवर्द्धन महोत्सवको मुल उद्येश्य रहेको आयोजकले जनाएको छ ।
एघार दिन सम्म सञ्चालन हुने महोत्सवमा ४ करोडको आर्थिक कारोबार हुने छ भने महोत्सव सम्पन्न गर्न अनुमानित ३०-३५ लाखसम्म खर्च लाग्ने बताइएको छ । महोत्सव एकलाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्रीबाट गराउने विचार गरिएको भएपनि निर्ण्र्ााभइनसकेको आयोजकले जानकारी दिएको छ ।
Old News



