डडेल्धुरा, ९ असोज । गाउँ गाउँ सहकारी पसल स्थापना गर्न जिल्ला कृषि विकास कार्यालयबाट उपलव्ध गराइएको अनुदान रकम व्यापक दुरुपयोग भएको छ । आर्थिक बर्ष२०६६/०६७ को बजेटमा गाउँ गाउँ सहकारी पसल खोल्ने सरकारी नीती अनुरुप डडेल्धुराका विस ओटा गाविस र एक नगरपालिकामा एक/एक पसल खोल्ने भन्दै स्थानीय सहकारी संस्थाहरुले अनुदान रकम लगेको महिनौं बित्दा समेत कार्यक्रमको उदेश्य अनुसार सहकारी पसल स्थापना भएका छैनन् ।
जिल्ल्ाा कृषि विकास कार्यालयले बिस गाविस र अमरगढी नगरपालिकामा सहकारी पसल खोल्न एक / एक जनालाई एक लाख रुपैयाका दरले अनुदान दिएको थियो । 'पैसा लगेको महिनौ भईसक्यो, अझै सबै पसल खुलेको जानकारी आएको छैन् ।' जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक सहायक रामचन्द्र भट्टले भने । भट्टका अनुसार भद्रपुर गाविसमा कुनै पनि सहकारी संस्थाले अनुदान लिएका छैनन् । कुल २० लाख अनुदान वितरण गरिदँा पनि सहकारी पसल स्थापना नँहुदा उदेश्य अनुरुप रकमको सदुपयोग नभएकोले नियमित अनुगमन मार्फ चाँडै पसल खोल्न दबाब दिईने कार्यालयले जनाएको छ ।
अनुदान रकम निकाशा भएको महिना भईसक्दा समेत पसल खोल्नका लागि स्थानीय सहकारी संस्थाहरुले पहल गरेका छैनन् । जसका कारणले कार्यक्रमको लक्ष्य अनुरुप लक्षित समुदायमा सेवाप्रदान हुन सकेको छैन । 'गाउँमै सुपथ मुल्यमा सामान दिन सहकारी पसल खोलिन थालिएको भएपनि पसल नखुल्दा स्थानीय र्सवसधारणले महंगो मुल्यमा समान खरिद गर्नु परिरहेको छ ।' स्थानीय खगेन्द्र बिष्टले भने - 'अनुदान लिएका सहकारी संस्थाहरुले अनुदानको दुरुपयोग गरिरहेका छन ।' संचालनमा आएका सहकारी पसलहरुले पनि कृषि विकास कार्यालय संगको सम्झौता कार्यान्वन गरेको कृषि प्राबिधिक सहायक भट्टले बताए । सहकारी संस्थाहरुले एक लाख रुपैया अनुदान पाएपछि सहकारी पसल संचालन गर्न छोडेर अन्य काममा पैसा लगानी गर्ने र कार्यक्रमको गरेको बताईएको छ । ''सरकारले गाउँ गाउँमा सहकारी , घर घरमा भकारी'' नारा लिएर गाउँ गाउँमा सहकारी पसल खोल्न सुरु गरेको हो ।
अहिले सम्म ९ वटा पसल मात्र खोलेकेा जानकारी आएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । नखोलेका सहकारी पसलहरुलाई समेत खोल्न तत्काल पत्रचार गरिने जानकारी दिईएको छ । सहकारी पसलबाट सस्तोमा दैनिक उपभोग्य बस्तु पाउने आशा गरेका स्थानीयबासिन्दा सहकारी पसल नखोल्दा महङ्गो मुल्य तिरेर सामान खरिद गर्न बाध्य भएका छन् । अहिले अमरगढी नगरपालिका र ९ गाबिसमा मात्र पसल खोलेका छन् । रुपाल, भागेश्वर, बगरकोट, देवलदिब्यपुर, चिपुर र समैजी गाबिसका सहकारी संस्थाहरुले सहकारी पसल खोल्नको लागी कुनै पनि पहल गरेका छैनन् ।
Old News



