Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

कैलालीका पाँच जना पत्रकार सम्मानित

E-mail Print PDF

धनगढी, ८ असोज । पत्रकारिता क्षेत्रबाट सुदुरपश्चिमको साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मिडिया डिभलपमेन्ट ग्रुप धनगढीले कैलालीका पाँच जना पत्रकारलाई आज धनगढीमा सम्मान गरेको छ ।

दिनेश एफ.एम.का समाचार प्रमुख टेकराज जोशी, मर्निङ बेल दैनिकका सम्पादक विरेन्द्र रावल, हमार पहुराका सम्पादक लक्कि चौधरी, समाचार सारांसका सम्पादक हरिस भट्ट र श्री नेपाल र्टाईम्स दैनिकका प्रकाशराज भट्टलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. हेमराज पन्तले एक भव्य समारोहका बीच दोसल्ला र कदर पत्र द्धारा पत्रकारहरुलाई सम्मान गर्नु भएको हो ।

कैलाली जनपुस्कालयका अध्यक्ष दिनानाथ भट्टको सभापतित्वमा भएको सो कार्यक्रममा सुदुरपश्चिमाञ्चलका क्याम्पस प्रमुख शिवराज श्रेष्ठ विशिष्ट अतिथी हुनुहुन्थ्यो ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70209