Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

संक्रमित र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट, संक्रमितले हराए पत्रकारलाई

E-mail Print PDF
धनगढी ८ असोज । एचआईभी संक्रमितमाथि समाजमा हुने गरेको लान्छना र भेदभावमा कमि होस भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कैलाली र राष्ट्रिय एचआईभी/एड्स महासंघबीच आज धनगढीमा पत्रकार र संक्रमितबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको छ । बडा दशैंको अवसर पारेर गरिएको सो मैत्रीपूर्ण प्रतियोगितामा एचआईभी संक्रमितहरुले दुइ विकेटले खेल जितेका छन । टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाल पत्रकार महासंघको टीमले निर्धारित १२ ओवरको खेलमा पुरै ओवर खेलेर ३९ रन बनाएको थियो ।

खेलको ओपनर ब्याटसमेनका रुपमा टीम क्याप्टन तथा महासंका कैलाली शाखा अध्यक्ष दीर्घराज उपाध्याय र सचिव भरत शाहले खेलको सुरुवात गरेका थिए । सभापति उपाध्यायले पाँच रन जोडेर बोल्ड आउट भएपछि पत्रकारको टीमलाई पहिलो झट्का लागेको थियो । पत्रकारका तर्फाट शुक्लाफाँटा एफएमका अरुण भट्टले दुइ चौकाको मद्धतले र्सवाधिक १७ रन जोडका थिए । पत्रकार शिवराज खत्रीले ६ रन , शिवराज भट्टले ५ रन, भरत शाहले ३ रन जोडेका थिए ।

४० रनको विजय लक्ष्य पछ्याउदै मैदानमा उत्रेको एचआईभी संक्रमितको टीमले ११.३ ओवरमा ८ विकेटको क्षतीमा विजय लक्ष्य चुमेको थियो । संक्रमितका तर्फाट टीम क्याप्टन समेत रहेका शिबु गिरीले ९ रन जोडेका थिए भने रुपेश किष्ण र सन्तोषले क्रमशः ३, २ र ४ रन जोडेका थिए । संक्रमितका तर्फाट शिबु गिरी र गोपालको राम्रो साझेदारी भएको थियो ।

विना पुरस्कार बडा दशैंको शुभकामना दिने उद्देश्यले खेलको आयोजना गरिएको पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायले बताए ।

खेल सकिएपछि भएको समापन समारोहमा एचआईभी संक्रमित शिबु गिरीले मुलुकको सबैभन्दा बढी संक्रमित ब्यक्ति रहेको सुदूरपश्चिममा पत्रकार र संक्रमितबीचको यो मैत्रीपूर्ण खेलले समाजमा लुकेर बसेका संक्रमितले खुल्न प्रेरणा दिने र भेदभाव कम हुनेमा आफु विश्वस्त रहेको बताए । उनले पत्रकार जगतले संक्रमितको पक्षमा कलम चलाईदिन समेत आग्रह गरे । कार्यक्रममा महासंघका कैलाली अध्यक्ष उपाध्यायले पत्रकारहरु एचआईभी संक्रमितमाथि भएको विभेद र भेदभावको पक्षमा कलम चलाउन प्रतिबद्ध रहेको बताए । उनले संक्रमितलाई माया गर्न र भेदभाव गर्नेलाई नाङ्गेझार गर्न पत्रकारहरु लागिपर्ने समेत बताए ।

 

 


 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69900