Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

सरसफाई गर्न अभियान

E-mail Print PDF

 डडेल्धुरा, ७ असोज । हिन्दुहरुको महान पर्व दशैंको अवशसर पारेर प्रहरीहरुले सरसफाईको लागि घरदैदो अभियान संचालन गरेका छ । आईतबार देखी प्रहरीहरुले सदरमुकाम बागबजार देखि बगरकोट सडक क्षेत्रमा सुरक्षाकर्मीहरु सरसफाईमा ब्यस्त छन ।

जिल्ला प्रहरी कार्यालयको अर्न्तगतको सामुदायिक सेवा केन्द्रको आयोजनामा प्रहरीहरुले र सामुदायिक सेवा केन्द्र पदाधिकारीहरुले घरदैलो अभियानको रुपमा सरसफाई अभियान संचालन गरेको सेवा केन्द्रकी अध्यक्ष समाजसेवी हिरादेवी केसीले बताईन । दशैको समयमा पनि डडेल्धुरा सदरमुकाम अत्यधिक फोहर भएका कारण प्रहरीको सहयोगमा यो अभियान संचालन गरिएको अध्यक्ष केसीले बताईन् ।

विगतमा समेत नगर सरसफाईमा निकै योगदान पुगाई रहेको प्रहरीले नेपालीहरुका महान पर्वहरु विजयादशमी र शुभदिपावलीका अवशरमा नगर क्षेत्रमा सरसफाईमा गरी चेतना अभिवर्ृर्द्धर्ीीर्न काम गरेको प्रहरी नायब उपरिक्षक चक्रबहादुर सिंहले बताए । नगरपालिकाले सरसफाई नगरिदिएपनि आफुहरुले नै सरसफाईको तयार भएको सुरक्षाकर्मीहरुले बताए । प्रहरीहरुको सहयोगमा सरसफाई अभियान अर्न्तगत दशैको समयमा सदरमुकाम क्षेत्र भित्र सरसफाई अभियान संचालन गरिएको छ ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70209