Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

सरकारले कमैया मुक्त घोषणा गरेको ९ वर्षबितिसक्दा पनि कंचनपुर जिल्ला कमैया मुक्त जिल्ला घोषणा हुन सकेन

E-mail Print PDF

महेन्द्रनगर, ७ असोज । सरकारले कमैया मुक्त घोषणा गरेको ९ वर्षबितिसक्दा समेत कञ्चनपुर जिल्ला भने कमैया मुक्त जिल्ला घोषणा हुन सकेको छैन । कञ्चनपुरमा रहेका चार हजार ५ सय पाँच घर परिवार मुक्त कमैयाहरु मध्ये अहिलेसम्म मात्रै चार हजार २ सय पैतालिस परिवारको मात्रै पर्ुनस्थापना भएको छ । बाँकी एकसय ६० परिवार कमैयाहरु पर्ुनस्थापना हुन बाँकी रहेका छन ।

पर्ुनस्थापनाका गराउन लागी खाली जमिन नएभपछि उनीहरुको पर्ुनस्थापना गराउने काम अगाडी बढ्न नसकेको भूमि सुधार कार्यालयका कायममुकायम भूमिसुधार अधिकारी धर्मानन्द भट्टले बताउनुभयो । एकसय १० परिवारलाई पनि केहिदिन अघिदेखी पर्ुनस्थापना गराउने काम शुरु गरिएको बताउदै उहाँले बाँकी रहेका एकसय ६० परिवारको पर्ुनस्थापना गराउनका लागी समय लाग्ने बताउनुभयो । उहाँले तत्काल एक करोड रुपैया भए उनीहरुलाई समेत पर्ुनस्थापना गराइन सकिने र कञ्चनपुर जिल्लालाई कमैया मुक्त जिल्ला घोषणा गर्न सकिने जानकारी दिनुभयो । उहाँले पैसा भए जग्गा किनेर पनि बसाल्न सकिने बताउनुभयो । जिल्लामा अहिलेसम्म मुक्त भएका कमैयाहरुमध्ये २६ परिवारले ३ कठ्ठाका दरले र बाँकीले ५ कठ्ठाका दरले जग्गा पाएका छन । मुक्त कमैया कार्यान्वयन समितिको निर्देशिकामा सडकले छोएको क्षेत्रमा २ कठ्ठा, नगर बिकास समितिको क्षेत्रमा १ कठ्ठा र अन्य क्षेत्रमा ५ कठ्ठाका हिसाबले जग्गा वितरण गरिनुपर्ने उल्लेख छ । स्थानीयस्तरमा स्थानीय विकास अधिकार संयोजक रहेको मुक्त कमैया पर्ुनस्थापन जिल्ला समिति रहने व्यवस्था रहेको छ ।

 


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70215