महेन्द्रंनगर, ६ असोज । जिल्ला सुरक्षा समिति कञ्चनपुरले सरकारले लागु गरेको विशेष सुरक्षा योजना २०६६ का बारेमा सोमबार बेलुका एक कार्यक्रम गरेर जानकारी गराएको छ ।
मुलुकमा बढ्दो दण्डहिनता नियन्त्रण र कानुनी राज्यको स्थापीत गर्नका लागी नेपाल सरकारले ल्याएको विशेष सुरक्षा योजनामा बन्द, हडताल, तोडफोड, चोरी, डकैती लगायतका आपराधिक तथा अराजक क्रियाकलाप गर्न नपाइने उल्लेख छ ।शान्ति सुरक्षालाई असर पार्न कुनैपनि क्रियाकलाप गर्न जो सुकैलाई पनि राजनीतिक संरक्षण नगरि सुरक्षा निती बमोजिम कैद र नगद सजायको व्यवस्था रहेको छ । कार्यक्रममा उद्योगी, व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी लगायत जिल्लाका सुरक्षा अधिकृतहरुको सहभागिता रहेको थियो ।
सरकारले जारी गरेको सुरक्षा योजना कञ्चनपुरमा पनि कडाइका साथ लागु गरिने प्रमुख जिल्ला अधिकारी कुशमाकर ढकालले बताउनुभयो । सरकारले जारी गरेको सुरक्षा नितीबारे जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी उपरिक्षक हरिराज वाग्लेले जानकारी गराउनुभएको थियो ।
समाजमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रमुख जिम्मेवारीका साथ सरकारले विशेष सुरक्षा योजना ल्याएको प्रहरी कार्यालयका वरिष्ठ मनोहर रिमालले बताउनुभयो । कार्यक्रममा उहाँले सरकारले ल्याएको विशेष सुरक्षा योजना कार्यान्वयनका लागी आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आग्रह गर्नुभयो ।
Old News



