Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

बाढी कटानले भित्री मद्येश जोखिममा

E-mail Print PDF

डडेल्धुरा, १४ भाद्र । बढ्दो बन बिनाशका कारण भुक्षय हुने क्रम नरोकिदा डडेल्धुरा जिल्लको भित्री मद्येश बाढीको जोखिममा परेको छ । भुक्षयपछि लेदो र बालुवाले स्थानीय रंगुन नदी र पन्तुरा नदीको सतह बढेपछि भित्रीमद्येश क्षेत्रका जोगुबढा , आलिताल र शिर्षगाबिसका हजारौं बिघा जमिन बगाउन थालेको छ । यसबाट तीनै गाबिसको हजारौं बासिन्दा प्रभावित भएका छन् । नदीको उद्गमस्थलमा जथाभावी रुख काटिदाँ नदी आसपास जोगुबढा क्षेत्रका खेतबारी रंगुन नदीले बगाएको छ ।

जथाभावी हरिया साल र खयरका रुख काटिदाँ यस्तो समस्या आएको हो । स्थानीयबासि रमेश जोशीले भने-' नदी यस्तै अवस्थामा बग्ने हो भने यहाँ हजारौं मानिस बिस्तापित हुनु पर्ने छ ।' रंगुन नदीको सतह बढे पछि आसपासका ठन्डजाला, बसकर्ुइरा, लामीजाला, सिमखेत , छेला, तातापानी लगायतका गाउँहरु प्रभावित भएका छन् । नदीको सतह बर्सर्ेे लाखौं रुपैया खर्चेर नदी कटान नियन्त्रणका लागि लगाईएको ग्याबीन तारजाली समेत बगाएको छ । गाउँसगै रंगुन नदी बग्न थालेपछि जिल्लाको भित्रीमद्येश जोगबुढाका बासिन्दा सन्त्रासमा परेका छन् । आगन छेउमै लगाएको धानबाली बगाएपछि उनीहरु त्रासमा परेकेा छन् ।

रंगुन नदीको कटान बाट क्षती बेहोर्दै आएका स्थानीयबासिन्दा आकाशमा कालो बादल लाग्नसाथ चिन्तित बन्छन ।राती जाग्राम बसेर पालैपालो नदीको पहरेदारी गर्नु पर्दछ, जोगबुढा २ का कृष्णदत्त भट्टले भने - ' राती सुत्यो कि कुन बेला खोलाले बगाउछ मनमा डर भईरहन्छ ।' प्रत्येक बर्षएउटै ठाउँमा एउटै योजना, एउटै मान्छे उपभोक्ता समितिको अध्यक्ष र एउटै स्थानमा तारजाली हाल्ने गरेका कारण पनि यस्तो समस्याआएको स्थानीयबासिको गुनासो छ । रंगुन र पुन्तुरा नदीको बढी बहाब र कटान हुने जोगबुढाको ठन्डजाला, बसकर्ुइरा, लामीजाला, सिमखेत, छेला, तातापानी, बन्ड, सिसमजाला , शिर्षो परिगाउँ, कटाल, बसकुयरा र आलितालको मौरी, गोदाम, जालटुडा लगायतका चार दर्जन गाउँ छन् ।

सरकारले समयमै बाढी नियन्त्रणको लागि उच्च र्सतकता नअपानाएका कारण यो अवस्था आएको बताउछन् समाजसेवी हरीबहादुर धामी । उनले भने-'यहाँका लागि सम्बन्धी निकायले तत्काल काम गर्ने होईन भने चार भित्रै ठुलो समस्या आउछ । बाढीका कारण प्रत्येक जनाको सो क्षेत्रमा लाखौंको धनमालको क्षति हुने गरेको छ । गत बर्षमात्रै जोगबुढा २ को सिमखेत र शिर्ष९ को परिवारका ४० परिवार बिस्थापित भएका थिए । आईबार परेेको बषर्ाका कारण आएको बाढीले जोगबुढा गाबिसमा मात्रै करिब ५० रोपनी खेतमा लगाएको धानबाली नष्ट भएको जिल्ला कृषि कार्यालयका प्रमुख हिक्मतकुमार श्रेष्ठले बताए । उनले भने- अरु ठाउँको बिवरण आउन बाँकी छ, धेर जनाको धान खेती नष्ट भएको छ ।

 

 


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70203