धनगढी, १३ भदौ । पर्ुव पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत कैलालीको साढेपानी गाविस, ३ जंगपुर चोकमा हिजो राति रोकी राखेको टेक्टरलाई जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
पश्चिमबाट पर्ुव तर्फ गईरहेको म १ ज ८५ नम्वरको जिपले से १ प २३६३ नम्बरको टेक्टरलाई ठक्कर दिदा ३२ वषीय टेक्टर चालक वलराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । जिपको ठक्करबाट सडक छेउमा उभिएका साढेपानी, ४ जनकपुरका १४ वषीय नरेश देउवा, १४ वषीय चेत वहादुर भण्डारा , १६ वषीय देवु विष्ट , १४ वषर्ीय सिंह भण्डारा र्घाईते भएका छन् । त्यसै गरी जिपमा सवार जीपका चालक रमेश रजवारा, सहचालक विपतराम चौधरी, शसस्त्र प्रहरी जवान र्सुय गुरुङ्ग र दिपु अग्रवाल र्घाईते भएको प्रहरीले जनाएको छ ।घाइते ४ जनालाई नेपालगंज रेफर गरिएको छ भने अन्यको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
Old News



