धनगढी, १० भदौ । गृहमन्त्री भिम रावलले जातिय मुक्ती आन्दोलनको नाममा आएको अतिवाद लाई नियन्त्रण गर्नु पर्ने बताउनु भएको छ ।
धनगढीमा आज देखी शुरु भएको सुरक्षा सम्वन्धि सुदुरपश्चिमाञ्चल क्षेत्रिय सम्मेलनको उद्धघाटन गर्दै गृहमन्त्री रावलले अतिवादी जातिय आन्दोलनले समाजिक सदभाव र एकता खलबलाउनुको साथै यसले मुलुकलाई बिखण्डनको दिशातिर लैजाने भएकोले कर्डाईका साथ नियन्त्रण गर्न जुरुरी रहेको बताउनुभयो । उहाँले कुनै पनि समाजिक सदभाव र एकता खलबलाउने बिखण्डनवादी तत्वलाई माथी उठन दिनु हुदैन भन्नभयो ।गृह मन्त्री भिम रावलले सरकारले ल्याउन लागेको बिशेष सुरक्षा निती पनि यस्तै अराजक तत्वले सिर्जना गर्ने अशान्तीलाई शान्त्ाीमा कायम गराउन कर्डाईका साथ कार्यन्वयन गर्ने उद्देश्यमा निहित भएको बताउनुभयो । यस क्षेत्रका सुरक्षा र प्रशासनिय निकायका प्रमुखलाई निर्देशन दिदै उहाँले भन्नुभयो - कुनै पनि रंग , आवरण र शैलीमा हुने अपारधिक गतिविधीलाई नियन्त्रण गरिनु पर्छ । राजनिति र राजनितिज्ञको आडमा कसैले पनि अपराधिक गतिबिधी गर्न पाइदैन भन्दै उहाँले सुरक्षाकर्मिलाई कुनैपनि राजनितिक दलको दवाव नमान्न निर्दशन दिनुभयो । उहाँले कानुन बिपरितको दवाव आउछ भने त्यसलाई ठाढै अस्विकार गर्न पनि निर्देशन दिनुभयो ।
राजनितिको नाममा कुनैपनि दलको भातृ संगठन र दलले शान्ति सुरक्षामा असर पुग्ने र कानुन हातमा लिने प्रयास गर्नेलाई पनि अव कानुनले नछोडने उहाँले बताउनुभयो ।
उहाँले माओवादीलाई सहकार्य र सहमतीको राजनितीक बाटोमा हिडन आग्रह गर्नु भएको छ । नेपाल सरकार सहकार्य र सहमतीको बाटोमा नै अघि बढने बताउनुभयो । शान्ति र समृद्ध नेपाल निमार्ण्र्ाार्नु अहिलकोे आबश्यता भएकोले कसेैले पनि शान्तिको बाटो बाट नबिराउनु पर्ने उहाँले बताउनुभयो ।
सम्मेलनमा गृह राज्य मन्त्री मोहम्द रिजवान अन्सारीले कानुन कार्यन्वयन गर्नमा राम्रो काम गर्ने प्रशासक र सुरक्षाकर्मिलाई पुरस्कृत र नगर्ने तथा नगराउनेलाई दण्डको ब्यवस्था बिशेष सुरक्षा नितीमा पनि ल्याएको जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा गृह सचिव गोविन्द कुसुम शसस्त्र, नेपाल प्रहरी र अनुसन्धान बिभागका प्रमुखहरुको उपस्थिती रहेको छ । सम्मेलनमा सुदुरपश्चिमका नौ वटै जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुख , प्रशासन प्रमुख गरि करिव १ सय जनाको सहभागिता छ ।
Old News



