धनगढी, ५ चैत । मोटरसाइकल दुर्घटनामा परी आज बिहान धनगढीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी नगरपालिका वडा नं -५ तारानगरका २२ वर्षीय दीपक ऐरी रहेका छन् । बिहान साढे ६ बजे से. १ प ७९०३ नम्बरको मोटरसाइकलमा आफ्नो घरबाट उत्तरबेहेडी जानेक्रममा तारानगरको पूल नजिक मोटरसाइकल शिवराज भण्डारीको घरको पर्खालमा ठोक्किएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
तिब्र गतिमा रहेको सो मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको बताइएको छ । मृतक ऐरी धनगढी स्थित ऐश्ववर्य उच्चमाविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । घटनास्थलबाट मृतकको शव पोष्टमार्टमको लागी सेती अंचल अस्पतामा राखिएको छ ।





