बझाङ, ५ चैत । नेकपा -एमाले) बझाङ तीन महिने गाउँ जागरण कार्यक्रम लिएर गाउँगाउँमा गएको छ । हिजो देखि सुरु गरिएको सो कार्यक्रममा क्षेत्र नम्बर १ मा जिल्ला कमिटी उपाध्यक्ष खड्गबहादुर खड्का र क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष अर्जुन थापाको नेतृत्वमा जिल्लाका ४७ वटै गाविसमा गएको कार्यालय सचिव जन्मेजय जोशीले जानकारी दिनुभयो ।
सो टोलिले संगठित सदस्यहरुलाई प्रशिक्षण दिने, पार्टी को नीतिनियम र कार्य दिशाबारे जानकारी गराउने छ । प्रत्येकको घरघरमा गएर एमालेको नीति तथा कार्यक्रमबारे जानकारी गराउने र संगठनलाई अझ मजबूत पार्ने काम गर्नेछ सचिव जोशीले भने राजनीतिक दल चुनावका बेला भोट मात्र माग्न आउँछन् भन्ने जनगुनासो रहेकोले एमाले सधै जनतासँगै हुन्छ भन्ने सन्देश दिन सो कार्यक्रम गरिएको हो ।
उक्त टोलि 'घरघरमा जाउँ, एमाले बनौं' भन्ने नाराका साथ जनताको घरदैलोमा गएको छ । जनतामा राजनीतिक दल चुनावका बेला मात्र गाउँघरमा आउँछन् भन्ने मान्यताको अन्त गर्न सो कार्यक्रमको आयोजना गरेको पार्टी अध्यक्ष अर्जुन थापाले बताउँनुभयो ।





