धनगढी,२६ फागुन । ग्लोबल बैकको २१ औ शाखा आज धनगढीमा उद्घाटन गरीएको छ । ग्लोबल बैकका अध्यक्ष चन्द्र प्रकास ढकालले एक कार्यक्रमका बिच बैकको शाखा उद्घाटन गर्नुभएको हो ।
बैकको शाखा उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भास्करराज राज कर्णर्ीकारले संकलन गरीएका निक्षेपलाई उत्पादकत्व क्षेत्रमा बैकले लगानी गर्नुपर्ने बताउँनुभयो ।
नगद अभाबका कारण नेपाली बैकिङ क्षेत्रमा तरलता अभाब हुन गई आयात निर्यातमा समस्या देखिएको भन्दै उहाँले निक्षेपलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान अध्यक्ष चण्डीराज ढकाल, कैलाली उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष गोपाल हमाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको छ ।





