धनगढी, २६ माघ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले तेश्रो शाखा धनगढीमा स्थापना भएको छ । शाखाको हिजो बैंक सञ्चालक समितिका अध्यक्ष शिवसिंह कार्की र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका सभापति तथा बैंक सञ्चालक समितिका अध्यक्ष कार्कीले यस क्षेत्रको आर्थिक बिकासमा लगानी गर्ने उद्देश्यले बैंक खुलेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा कञ्चान बैंकले शाखा विस्तार गर्ने लक्ष्य लिएको वताउनुभयो । कार्यक्रम स्वागत मन्तब्य राख्दै बैंक सञ्चालक समितिका सदस्य हिक्मत शाहले यसै क्षेत्रका जनताको लगानीमा स्थापना भएको बैंकको साना ब्यवसायी, किसानहरुलाई न्युनतम सम्म कर्जा दिने नीति रहेको बताउनुभयो । उहाँले बैंकबाट ग्राहकहरुले र्सवसुलभ र छिटोछरितो रुपमा कर्जा पाउने वताउनुभयो ।
गत असोजमा महेन्द्रनगरमा केन्द्रीय कार्यालय खोलेर बैंकिङ्ग कारोबार सुरुगरेको बैंकले कञ्चनपुरको झलारी र कैलालीको अत्तरियामा शाखा खोली कारोबार सञ्चालन गरिसकेको छ । बैंकले ग्राहकलाई अधिकतम बैंकिङ्ग सेवा प्रदानगर्ने क्रममा सन्ध्याकालिन काउण्टर सञ्चालन गर्ने तथा तीनसय ६५ दिनै बैंक खुल्ने सो अवसरमा जानकारी दिईयो । बैंकले यस क्षेत्रमा कामकोशिलशिलामा विदेशमा गएकाहरुलाई मध्यनजरगर्दै उनीहरुले बिदेशाट पठाएको रकम छिटोछरितो रुपमा आफन्त सम्म पुर्याउन विभिन्न कम्पनिहरुको रेमिट सेवापनि उपलब्ध गर्राईरहेको सो अवसारमा बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले विज्ञप्ती मार्फ जानकारी दिनुभयो ।





