धनगढी, २६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन .- छैठौ ) जिल्ला समिति कैलालीले जिल्ला शिक्षा कार्यालय कैलालीका जिल्ला शिक्षा अधिकारी मार्फत हिजो शिक्षा मन्त्रालयमा बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
युनियनले बुझाएको ज्ञापन पत्रमा समग्र शिक्षामा राज्यबाट लगानी बृद्धि गरिनुपर्ने, शैक्षिक निजीकरण, ब्यापारीकरण र सामुदायीकरणको अन्य गर्नुपर्ने, सार्बजनिक बिद्यालयको तर्फ बाट बिभिन्न शीषकमा लिईने एकमुष्ट शुल्क खारेजी गदै माध्यमिक शिक्षालाई पूर्णतया निशुल्क बनाउँनुपर्ने, बिदेशीहरुद्धारा खोलीएका शिक्षणसंस्थाहरु बन्द गर्नुपर्ने, कक्षागत, बिषयगत एबं बिद्यालर्थी संख्याको आधारमा दरबन्दी दिई सबै बिद्यालयमा योग्य, तालीम प्राप्त शिक्षकको अबिलम्ब ब्यबस्था गरीनुपर्ने लगायतका रहेका छन् ।





