Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर तीन जना छोराहरु एकै दिन हराए

तीन जना छोराहरु एकै दिन हराए

E-mail Print PDF
धनगढी, २६ माघ । अछाम जिल्ला नन्देगढा गाबिस - ८ निवासी टेकराज सार्कीका तीन जना छोराहरु एकै दिन हराएका छन् । सार्किका १३ बषीय छोरा धर्मेन्द्र, १० बषीय छोरा भिम र ८ बषीय छोरा नरेश सार्कि यहि माघ १९ गतेदेखी साफेबगर स्थित आफ्नै पसलबाट हराएको पिता टेकराज सार्कीले बताउँनुभयो ।
पसलबाट नजिकै रहेको खोलामा नुहाउँन जान्छु भनेर गएका छोराहरु आजसम्म नफर्कीएको सार्कीको भनाई छ । तीन वटै छोराहरु  २० गते ना ४ ख १०३९ नम्बरको काठमाण्डौ जाने बसमा चढेर अत्तरीया सम्म पुगेको खबर पाएपनि  त्यसभन्दा पछि कहाँ गए भन्ने थाहा हुन नसकेकोले आफ्ना छोराहरु खोजी गरीदिनहुन सार्कीले सबैसंग आग्रह गर्नु  भएको छ ।

 
 


Ads on: Special HTML

Statistics

Members : 676
Content : 585
Web Links : 6
Content View Hits : 25755