Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर प्रश्नपत्र बाहिरीएपछि परीक्षा स्थगित

प्रश्नपत्र बाहिरीएपछि परीक्षा स्थगित

E-mail Print PDF
लम्की, २२ माघ । कैलाली जिल्लाको चुहा स्रोत केन्द्रमा माघ १७ गतेदेखि शुरु भएको एस. एल. सी. टेष्ट परीक्षाको पाचौ दिन हिजो हुने सामाजिक विषयको परीक्षा प्रश्नपत्र आउट भएपछि स्थगित भएको छ । परीक्षाको चौथो दिनमा भएको विज्ञान विषयको प्रश्नपत्र बा“ड्दा स्रोतकेन्द्रका २ वटा विद्यालयमा सामाजिक विषयको प्रश्नपत्र फेला परेपछि परीक्षा स्थगित गर्नुपरेको चुहा स्रोतकेन्द्र स्तरिय परीक्षा समितिका संयोजक धिरज खत्रीले जानकारी गराउनुभयो ।
    बुधबार भएको विज्ञान विषयको प्रश्नपत्र बा“ड्दा राष्ट्रिय उच्च मा. वि. मोतिपुर र माध्यमिक विद्यालय कोटातुल्सीपुरमा सामाजिक विषयको एउटा/एउटा प्रश्नपत्र विज्ञान विषयको प्याकिङ्गबाट बा“डिएको बताइएको छ ।
    मा. वि. कोटातुल्सीपुरमा विज्ञान विषयको प्रश्नपत्र बाडिरहेको बेला सामाजिक विषयको पुरै प्रश्नपत्र फेला परेपछि तुरुन्त उक्त प्रश्नपत्र विद्यार्थीबाट फिर्ता मागेको शिक्षक सुरेश कठरियाले बताउनुभयो ।
    यसैगरी राष्ट्रिय उच्च मा. वि. मोतिपुरमा समेत विज्ञान विषयस“गै फेला परेको सामाजिक विषयको प्रश्नपत्र विद्यार्थीले गायब पारेर बुधबार बेलुकी लम्कमिा १ दर्जन भन्दा बढी प्रति फोटोकपी गरिएको बुझिएको छ । तर राष्ट्रिय उच्च मा. वि. मोतिपुरका प्रधानाध्यापक जंग बहादुर तारामीले आङ्खनो विद्यालयमा एकापट्ट िविज्ञान र अर्कोपट्ट िसामाजिक विषयको प्रश्नपत्र फेला परेको र उक्त प्रश्नपत्र तुरुन्त फिर्ता लिएको बताउनुभयो ।
    प्रश्नपत्र प्याकिङ्ग गर्ने र छापाखानाको कमजोरीका कारण यस्तो भएको समेत वहा“ले बताउनुभयो ।
    यस विषयमा छानबिन गरी दोषी को हो पत्ता लगाउन परीक्षा समितिले पहल गर्ने परीक्षा समिति संयोजक धिरज खत्रीले बताउनुभयो ।
    प्रश्नपत्र आउट भएपछि चुहा स्रोतकेन्द्रका १४ वटा विद्यालयको परीक्षा स्थगित भएको र उक्त विषयको परीक्षा माघ २५ गते लिइने परीक्षा समिति संयोजक खत्रीले बताउनुभएको छ ।
    

 
 


Ads on: Special HTML

Statistics

Members : 676
Content : 585
Web Links : 6
Content View Hits : 25748