महेन्द्रनगर, २२ माघ । सुदूरपश्चिमाञ्चल जागरण मन्चले सुदूरपश्चिलाई टुक्रयाएको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै निर्णय नसच्चाए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । मन्चले हिजो भीमदत्तनगरमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापिका संसदको राज्यपुर्नसंरचना समितिले सुदूपश्चिलाई दुइ भागमा विभाजन गराएको भन्दै मन्चलाई यो निर्णय मान्य नहुने बताएको छ ।
मन्चले तत्काल निर्णय परिवर्तन नगरिए सुदूरपश्चिममा आन्दोलनले उग्ररुप लिने बताएको छ । मन्चनका संयोजक पुष्करराज जोशी लख्खा भाईले सबै जनसमुदायलाई आफुहरुको आन्दोलनमा सहभागिता जनाउनका लागी आज कन्चनपुरमा जागरणसभाको आयोजना समेत गर्न लागेको छ ।
अभियानमा सुदूरपश्चिम जागरण अभियान लगायत विभिन्न प्रवासी संगसंगठनहरुको सहभागिता समेत रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्चका अध्यक्ष लख्खा भाईले सुदूरपश्चिमका राजनीतिक दलहरुले सुदूरपश्चिमलाई टुक्रयाउने निर्णयमा सहमति गरेर सुपवासीलाई धोका दिएको आरोप समेत लगाउनुभएको छ ।
सुदूरपश्चिमलाई टुक्रयाउन नहुने भन्द दुइ वर्ष देखी निरन्तर लागिरहेको मन्चले सुदूरपश्चिमलाई एकै बनाउने वा टुक्रयाउने भन्ने विषयमा सबैको जनमत लिनपर्ने धारणा राख्नुभयो । सुदूरपश्चिमको अस्तित्वलाई बचाउनका लागी सबैले लडाइ लड्नु आवश्यक रहेको मन्चले ठहर गरेको छ ।
जागरण अभियानका संयोजक पीआर पन्त लगायत अन्य विभिन्न संगठनले जागरण मन्चले अघि सारेका मागलाई र्समर्थन गर्दै संयुक्त रुपमा सुदूरपश्चिम टुक्रयाउन नपाईने भन्दै आन्दोलन गर्ने निर्णय गरेका हुन । मन्चले सबैलाई जागरुक बनाउनका लागी ९ वटै जिल्लाहरुमा रथयात्रा निकाल्ने समेत जानकारी गराएको छ ।





