Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर कैलालीमा आलु महोत्सब शुरु

कैलालीमा आलु महोत्सब शुरु

E-mail Print PDF
धनगढी, २२ माघ । कैलालीको धनगढीमा पहिलो पटक आलु महोत्सवको आयोजना गरीएको छ । मर्सिकोर नेपाल र कैलाली उद्योग बाणिज्य संघ कैलालीको आयोजनामा आलु महोत्सब-२०६६ को आयोजना गरीएको हो । कैलाली आलु खेतीको राम्रो सम्भावना भएपनि सोचे जस्तो प्रगति हासिल गर्न नसकिरहेको अबस्थामा आलु खेतीलाई ब्यबसायीकता तर्फलैजाने उदेश्यले महोत्सबको आयोजना गरीएको आयोजकले जनाएको छ ।
क्षेत्रीय प्रशासक हरीराम कोईरालाले हिजो एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको महोत्सब शनिबारसम्म चल्ने जनाइएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश राज भण्डारीको सभापतित्वमा सम्पन्न भएको महोत्सबको उद्घाटन समारोहमा अन्य बिशिष्ठ ब्यक्तिहरुको  समेत उपस्थिती रहेको थियो ।
महोत्सबको उद्घाटन सत्रमा बोल्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका सभापति दिनेश राज भण्डारीले महोत्सबको माध्यमबाट कैलालीलाई आलु खेतीलाई ब्यबसायीकता तर्फलैजान सहयोग पुग्ने बताउँनुभयो ।
बिभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीएको महोत्वको पहिलो दिन महोत्सब स्थलमा आलुका बिभिन्न परिकार पाईने रेष्टूरेन्टहरु राखिनाको साथै आलु समेत बिक्रि बितरणको लागि राखिएको छ ।
कार्यक्रमको उद्घाटन पर्ूव बाजागाजाका साथ धनगढीको क्याम्पस चौकबाट र्‍याली समेत निकालीएको थियो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 676
Content : 585
Web Links : 6
Content View Hits : 25754