Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर बडघरहरु कम्लहरी प्रथा बिरुद्दको अभियानमा

बडघरहरु कम्लहरी प्रथा बिरुद्दको अभियानमा

E-mail Print PDF
टीकापुर, २२ माघ । कैलाली क्षेत्र नम्बर ३ का बडघरहरु कम्लहरी प्रथा बिरुद्दको  अभियानमा जुटेकाछन् । उनीहरुले हिजो बाट जोशिपुर, बौनिया र खैलाड  गाबिसमा घरदैलो थालेकाछन् । उक्त घरदैलो कार्यक्रमको जोशीपुरमा सामाजिक परिचालक भीम डगौंराको प्रमुख आतिथ्य र बडघर समितिका अध्यक्ष मोहनलाल  डगौंराको सभापतित्वमा अभियानको उद्घाटन भएको हो । अभियानमा त्यस क्षेत्रका १५ जना बडघर सहभागि रहेको सदस्य दिपक थारुले जानकारी गराउनुभयो । एफएनसी र युवाईएएस नेपालको सहयोगमा तथा क्षेत्रिय बडघर समितिको  आयोजनामा उक्त अभियान चलाईएको गिता कुश्मीले बताउनुभयो । बडघरहरुले  बषाै देखि रहेको कम्लहरी प्रथा अझै पनि व्याप्त भएकाले यसको  अन्त्य गर्न  आफुहरु सक्रिय भएको बताए ।

 
 


Ads on: Special HTML

Statistics

Members : 670
Content : 582
Web Links : 6
Content View Hits : 25547