Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर

आजको खबर

मन्त्री विरुद्ध कर्मचारी

E-mail Print PDF
धनगढी, ३१ जेठ । युवा तथा खेलकुद मन्त्री गणेश नेपाली तिवारीको कार्य विरुद्ध उनकै मातहतका कर्मचारीहरु आन्दोलित भएका छन् । हिजो धनगढीमा सुप क्षेत्रीय खेलकुद कर्मचारी संघ र कैलाली जिल्ला खेलकुद कर्मचारी संघले ३ घण्टा कार्यालयको कामकाज ठप्प पारेर मन्त्रीको कार्यको विरोध गरेका हुन् ।
Read more...
 

प्रहरीले नियन्त्रण लिएको सात ट्रक काठ जिल्ला वनलाई हस्तान्तरण

E-mail Print PDF
नेपालगंज, ३१ जेठ ।  वाँके र वर्दियाको सिमानामा पर्ने मानखोलावाट काठ सहित पक्राउ परेका सातवटा ट्रकलाई प्रहरीले नियन्त्रण पछि हिजो वन कार्यलयलाई बुझाएको छ । धनगढीबाट काठ बोकेर आउँदै गरेका ६ वटा र जीगाउबाट चिरान काठ ल्याउदै गरेको एउटा ट्रकलाई इलाका प्रहरी कार्यालयको गस्ती टोलिले हिजो अस्ती नियन्त्रणमा लिएको थियो ।
Read more...
 

छुट्टा छुट्टै ठाँउमा आगलागी हुदाँ ८ घर जलेर नष्ट

E-mail Print PDF
नेपालगंज, ३० जेठ । बाँके र बर्दियाका छुट्टा छुट्टै ठाँउमा आगलागी हुदाँ ८ घर जलेर नष्ट भएका छन् । बाँकेको राप्तिपारी नरैनापुर गाबिस ८ मा गएराती पौने १० बजे पप्पु बिश्वकर्माको घरबाट आगो सल्किदाँ ६ घर जलेर नष्ट भएका छन् । आगलागी भए लगत्तै प्रहरी तथा स्थानियबासिन्दाको सक्रियतामा नियन्त्रणमा लिईएको थियो ।
Read more...
 

एक ब्यक्तिको आतंकले बिद्यालय बन्द

E-mail Print PDF
नेपालगंज, ३० जेठ । एक ब्यक्तिको आतंकले सुर्खेतको हरिहरपुर ९ स्थित नेपाल राष्ट्रिय प्रस्ताबित निम्न माध्यामिक बिद्यालय तेलपानी अनिश्चितकालका लागि बन्द भएको छ । बिद्यालयबाटै गत बर्ष ८ कक्षा पास गरेका स्थानिय कर्ण बहादुर सुनारले बिद्यालय मै पुगेर तरबार नचाउदै शिक्षक र बिद्यार्थीहरुको ज्यान लिने धम्कि दिएपछी बिद्यालयल अनिश्चीतकालका लागी बन्द भएको हो ।
Read more...
 

जनताहरु आफै जुटे विकासमा

E-mail Print PDF
महेन्द्रनगर, ३० जेठ । सरकारी स्तरबाट खानेपानीको उचित व्यवस्था नभएपछि कन्चनपुर सदरमुकाम महेन्द्रनगरका ६ वडाका जनताहरु आफ्नै प्रयासमा खानेपानी आयोजनाको निर्माणका लागी अग्रसर बनेका छन । आर्दश नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति भाँसीको अगुवाईमा सो क्षेत्रका जनता खानेपानि आयोजनाको निर्माण गर्न जुटेका हुन ।
Read more...
 
Page 126 of 344


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69897