दर्जनौ बस्ती सेती कटानमा, घर भित्र पुग्छ भंगालो
Tuesday, 07 September 2010 07:02
Tek Raj joshi
डोटी, २२ भाद्र । सेती नदिले कटान बढाउदै जादा नदि आसपासका बस्तीहरु खतरामा परिणत भएका छन् । डोटीको तलारा देखि नारिदाङ सम्म मात्रै एक जर्दनभन्दा बढी गाउनै जोखिममा देखिन्छन् । लामिखाल गाबिसको तलारा,बनेक गाविसको बानेडुंग्री सैन,दिपायल सिलगढी नगरपालीको सिरखोली,बारवाटा,दिपायलको र पुरानो पुलबजारका दर्जनौं घर भित्र सेटस् नदिको भंगालो पसेको छ ।
Read more...
निर्वाचन आयोगले यही २३ गतेबाट मतदाता नामावली संकलन गर्ने
Tuesday, 07 September 2010 06:59
Tek Raj joshi
महेन्द्रनगर, २२ भाद्र । निर्वाचन आयोगले भदौ २३ गतेबाट देशका बिभिन्न ५८ जिल्लाका नगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गर्ने भएको छ । नामावली सँकलनका बारेमा जानकारी दिन हिजो जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आयोगका उप सचिव गोपाल अधिकारीले पहिलो चरण अन्तरगत नामावली सँकलन शुरु हुन लागेको जानकारी दिनुभएको हो ।
Read more...
बझाङमा लघु जलबिद्युत् निर्माण कार्य तिव्र
Tuesday, 07 September 2010 06:57
Tek Raj joshi
बझाङ, २२ भाद्र । बिकट हिमाली जिल्ला बझाङका गाउँगाउँमा बिजुली बाल्ने होडबाजी चलेको छ । ग्रामीण विद्युतीकरण प्रति बझाङगीको चाहानाअनुसार सरकारी तथा गैरसरकारी निकायहरुले बिद्युत परियोजनामा लगानी गर्दा जिल्लामा बिजुली बाल्ने होडबाजी चलेको हो ।
Read more...
मालीका सामुदायीक बनमा व्यापक आर्थिक हिनामिना
Tuesday, 07 September 2010 06:50
Tek Raj joshi
लम्की, २२ भाद्र । कैलालीको चुहा ५ बचैला मा रहेको श्री मालीका सामुदायी बन उपभोक्ता समुहमा व्यापक रुपमा आर्थिक हिनामिना भएको खुलासा भएको छ । वि स २०६२ सालमा भद्ध भण्डारीको अध्यक्षतमा गठीत कार्य समितिले सामुदायीक बनका पदाधीकारीले हाल सम्मको आय व्यय पारदर्शी नभएको भन्दै श्री जन चेतना महिला समुह चुहा ५ बचैलाले हिजो बन बचाउ कार्यक्रमको आयोजना गरी पुराना कार्य समितिको भण्डाफोर गरेको छन ।
Read more...
विगत तीन महिना देखी विद्यार्थीहरु खुल्ला आकाश मुनि पढ्न बाध्य
Tuesday, 07 September 2010 06:44
Tek Raj joshi
लम्की, २२ भाद्र । हावाहुरीले स्कुलको छाना उडाइदिए पछी विद्यार्थीहरुको विजोग भएको छ । कैलालीको दक्षिणपूर्वी गाविस प्रतापपुर ८ बङगालीपुरमा रहेको श्री लक्ष्मी नि मा वि विद्यालयको छाना जेष्ठ १३ गते आएको हावाले उडाइ दिनुका साथै घर भत्काई दिए पछी विगत तिन महिना देखी विद्यार्थीहरु खुल्ला आकाश मुनी पढ्न बाध्य भएका छन ।
Read more...
|