छैटौं लागि निर्माण गरिएका भौतिक पर्ुवाधारहरुको गुणस्तर छानविनको माग राख्दै कैलालीका १७ राजनीतिक दलहरुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन
एफएम सम्बाददाता धनगढी १० फागुन । कैलालीका १७ वटा राजनीतिक दलहरुले बृहत छैटौं खेलकुदको तयारीका क्रममा अनियमितता भएको भन्दै विभिन्न ६ मागहरु सहितको ज्ञापन प्रधानमन्त्रीको कार्यालय र युवा तथा खेलकुद मन्त्रालयलाई पठाएका छन ।
राज्य पर्ूनसंरचना आयोग प्रतिवेदनको बिरोध गर्दै बैतडीबाट जागरण यात्रा सुरु
लोकेश साउद, बैतडी १० फाल्गुन । राज्य पर्ूनसंरचना आयोगको प्रतिवेदनको विरुद्धमा आन्दोलनरत सुदूरपश्चिमाञ्चल जागरण मञ्चले बैतडीबाट जागरण यात्रा सुरु गरेको छ ।
अखण्ड सुदूरपश्चिमको मागगर्दै डोटीका सरकारी कार्यालयहरु बन्द ए
फएम सम्बाददाता डोटी १० फाल्गुन । अखण्ड सुदूरपश्चिमको मागगर्दै केही दिनदेखि आन्दोलनमा रहेका डोटीका विद्यार्थीहरुले पुवघोषित कार्यक्रम अनुसार मङगलबार त्यहाँका सरकारी कार्यालयहरु अनिश्चितकालका लागि बन्द गराएका छन ।
आममाफि नपाएपछि कञ्चनपुरका कैदीहरु आमरण अनसनमा
बिपि अनमोल कञ्चनपुर १० फागुन । आममाफि नपाएको भन्दै कञ्चनपुर कारागारका १३ कैदी ३ दिन देखी आमरण अनसनमा बसेका छन । प्रजातन्त्र दिवसका दिन आममाफिका लागि सिफारिस मध्ये एकजना कैदी मात्रै रिहा भएपछि अन्य कैदीहरु अनसनमा बसेका हुन ।
मोटरर्साईकल चोर्ने गिरोहका दर्ुइ जना रंगेहात पक्राउ
एफएम सम्बाददाता धनगढी १० फाल्गुन । जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरर्साईकल चोर्ने गिरोहका दर्ुइ जनालाई रंगेहात पक्राउ गरेको छ ।
वेवारीसे शव फेला
पुष्पराज जोशी डोटी १० फागुन । सेती नदीको किनारमा मंगलवार विहान एक वेवारीसे शव फेला परेको छ । करिव अर्ढाई वर्षौ वालकको शव क्षत विक्षत अवस्थामा फेला परेको हो । डोटीको दिपायल स्थित झोलुंगे पुल नजिकै सो शव फेला परेको हो ।
राष्ट्रिय खेकलुदका नाममा आर्थिक अनियमितता भएको राष्ट्रिय उपभोक्ता मञ्च कैलालीको आरोप
एफएम सम्वाददाता धनगढी १० फाल्गुन । राष्ट्रिय उपभोक्ता मञ्च कैलालीले फागुन १४ देखि शुरु हुन गइरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजकहरुले आर्थिक हिनामिना गरिरहेको घटनाहरुप्रति आफ्नो गम्भिर ध्यानाकर्षा भएको जनाएको छ ।
Page 1 of 291
एकीकृत नेकपा माओवादीको वैद्य पक्षद्धाराजग्गा कब्जागर्ने क्रम तिब्र
एफएम सम्बाददाता धनगढी कात्तिक २९ । एकीकृत नेकपा माओवादीको वैद्य पक्षले पार्टीले गरेको निर्णयको अवज्ञा गर्दै सोमबार पनि श्रीपुर गाविस वडा नं ५ हरैयामा रहेको रणबहादुर शाहको ४० विघा जग्गा कब्जा गरेको छ । वैद्य पक्षका मानिएका माओवादी जिल्ला ईञ्चार्ज हरि ज्ञवाली ‘अखण्ड’को नेतृृत्वमा गएको समुहले सो जग्गा कब्जा गरेको हो ।
पाँचजना महिलालाई उत्कृष्ठ महिला शान्ति सम्बाहक पुरस्कार
काठमाडौ, एफ एम सम्वाददाता असोज ७ गते । ग्रामीण तहमा बसेर शान्ति, न्याय र लोकतन्त्रका लागि योगदान पुयाएको भन्दै मर्निङ् बेल दैनिककी प्रकाशकसम्पादक लोग्शरी कुँवर सहित पाँच जना महिलालाई हिजो काठमाडौंमा पुरस्कृत गरिएको छ ।
कैलालीको नारायणपुरमा सेतो हिरोईन सेवन गरिरहेका ५ जना युवक प्रहरीद्वारा पक्राउ
दुर्गा देवकोटा, टीकापुर १८ भदौ कैलालीको टीकापुरमा लागु औषध दुव्र्यसनीमा संलग्न ५ जना पक्राउ परेका छन । शुक्रबार साँझ प्रहरी चौकी सत्तीले खैरो हिरोइन सेवन गरिरहेको अवस्थामा ५ जनालाई नारायणपुर चौराहाबाट पक्राउ गरि इलाका प्रहरी कार्यलय टीकापुरलाई बुझाएको थियो । पक्राउ पर्नेमा टीकापुरका दिनेश खनाल, रितेश रावल, एकिन्द्र भण्डारी र नारायणपुरको चक्र रावल रहेका छन् भने १ जनाको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरुलाई टीकापुर इलाका प्रहरी कार्यलयको नियन्त्रणमा राखिएको प्रहरीले जनाइएको छ । विगत केहि महिना यता टीकापुरमा लागु औषध ओसार पसार र दुव्र्यसनीको संख्यामा वृद्धि भैरहेको छ ।
नेटवर्किङ व्यवसाय संचालक २२ लाख रुपैया लिएर फरार
धनगढी सम्वाददाता,१७साउन । सर्वोच्च अदालतले गैरकाननी भनेको नेटवर्किङ व्यवसाय गर्दै आएका एक व्यक्ति २२ लाख रुपैया लिएर फरार भएका छन् । धनगढीको ईन्नोभेटिभ मार्केटिङ संचालन गर्दै आएका धमेन्द्र शाही कर्मचारीहरुबाट उठाईएको २२ लाख रुपैया लिएर फरार भएकोे सो कार्यालयका लेखापाल गंगालाल न्यौपानेले बताउनुभयो ।
राष्ट्रिय बाणिज्य बैंक बझाङमा पैंसा नहुँदा सेवाग्राही मर्कामा
दीपक ओलीबझाङ,१७असार । बझाङमा विगत एक सातादेखि रकमा अभाव भएको छ । बैंकमा रकमकोलागि जाने सेवाग्राही रित्तो हात फर्कने गरेका छन् ।सदरमुकाम चैनपुरमा रहेको एकमात्र राष्ट्रिय वाणिज्य बैंकको रकम सकिएपछि अभाव भएको हो । बैंकमा पैसा नभएपछि आजभोली बैंकमा दैनिक जम्मा हुने पैंसाबाट सानोतिनो चेक मात्र साट्ने गरेको बैंक प्रबन्धक अर्जुनदेब गिरीले बताउनुभयो । दैनिक ५० लाखदेखि १ करोड सम्म कारोवार हुने सो बैकले अहिले दैनिक २ लाख सम्म पनि कारोवार गर्न नसकेको जनाएको छ ।
मुआवब्जा बढी माग गरिएपछि महाकाली सिचाई आयोजना तेस्रो चरणको ठेक्का रद्ध भएको सिचाई मन्त्रीद्वारा जानकारी
कञ्चनपुर,जेठ २८गते । मुआब्जा बढी माग गरिएपछि महाकाली सिचाई आयोजना तेस्रो चरणको काम नहुने भएको छ । आयोजना लागत भन्दा मुआब्जा बढी दिनु परेपछि ठेक्का समेत रद्द गरिएको सिचाई मन्त्रालयले जनाएको छ ।
अध्यक्षमा पुनः देवकोटा
धनगढी,२० जेठ । सामुदायिक वन उपभोक्ता महासंघ कैलालीको अध्यक्षमा पुनः तुलसा देवकोटा चयन हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार नेत्र खनालले आफ्ना पक्षधरलाई लगेर निर्वाचन बहिष्कार गरेपछि देवकोटा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । उहाँलाई निर्वाचन समितीले विजयी घोषणा गरेको जनाएको छ ।
Page 1 of 6
खेलाडीहरु उपचार नपाएर छटपटाउँदै
सीताराम ओझा धनगढी ९ फागुन । कबडड्ीकी खेलाडी अर्पणा चौधरी अभ्यासका क्रममा घाईते भएकी छिन । उनले अहिलेसम्म पनि उपचार पाएकी छैनन् । क्षेत्रीय छनोटको फाईनल खेल खेल्ने बेला घाईते भएकी अर्पणाले पटक पटक भन्दा पनि उपचार नपाएको बताईन ।
प्रतियोगिताका नाममा करौडौ रकम दुरुपयोग भइरहेको विद्यार्थी संगठनहरुको आरोप
बिपि अनमोल कञ्चनपुर ९ फागुन । कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठनहरुले सुदूरपश्चिममा हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भईरहेको आर्थिक अनियमितता र आयोजकका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
एसपीए कपको स्वरुप र मिती परिवर्तन
सीताराम ओझा धनगढी ७ फागुन । देशकै सर्वाधिक पुरस्कार राशीको होटेल डिभोटी एसपीए कप राष्ट्रिय क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिताको स्वरुप र मिती परिवर्तन गरिएको छ ।
भलिबल प्रतियोगिता सञ्चालन
एफएम संवाददाता बौनियां ७ फागुन । सर्बोदय बिधा मन्दिर चुहा ५ गप्काको आयोजनामा ६२ औ प्रजातन्त्र दिवसको अवसरमा चुहा स्रोत केन्द्र स्तरिय शिक्षक मैत्रि भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
फुटबल प्रतियोगिता सुरु
एफएम सम्बाददाता फुलबारी ७ फागुन । महाशिबरात्रीका अवसरमा शिवशक्ति युवा वातावरण समुहको आयोजनामा फुलबारीको डि गाउँमा अन्तरक्लब फुलबल प्रतियोगिता सुरु भएको छ ।
छैठौको तयारी अन्तिम चरणमा पुगेको सदस्य–सचिव युवराज लामाद्धारा जानकारीे
सीताराम ओझा धनगढी फाल्गुन ५ । आगामी फागुन १४ गतेदेखि २१ गतेसम्म सुदुरपश्चिममा हुने छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १० दिन मात्रै बाँकी रहेको अवस्थामा तयारी तिव्र पारिएको छ ।
छैठौं खेलकुदको उद्घाटन समारोहको तयारी तिब्र
एफएम सम्वाददाता धनगढी ६ फागुन । धनगढीमा आगामि फागुन १४ गतेदेखि २१ गते सम्म आयोजना गरिने बृहत छैठौं राष्टिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको तयारी तिब्र पारिएको छ ।
Page 1 of 20