कर्णाली नदीमा यात्रु बाहक बस खस्दा १८ जनाको मृत्यु, दर्जनबढी यात्रु वेपत्ता
Thursday, 18 March 2010 07:27
सुर्खेत, ५ चैत । कालिकोटबाट सुर्खेत आइरहेको ना।३।ख ५८६८ नम्बरको यात्रु बाहक बस आज बिहान कर्णाली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । स्थानीयवासीले १० पुरुष, ४ महिला र ४ जना बच्चाको शव निकालेको छ । थप दर्जनबढी यात्रु हराइरहेका छन् ।
Read more...
सुरक्षाको अभावमा कञ्चनपुरको दक्षिणि क्षेत्रका बजार बन्द हुने अवस्थामा
Thursday, 18 March 2010 07:13
महेन्द्रनगर, ५ चैत । कञ्चनपुरको दक्षिणि क्षेत्रमा प्रहरी प्रशासनको सक्रियता नहुदा दिनप्रति दिन लुटपाटका घटना बढ्न थालेका छन् । त्यसको प्रत्यक्ष असर सिमावर्ती क्षेत्रका बजारको ब्यापार ब्यवसायमा पर्नथालेको छ । अपराधिक क्रियाकलाप बढन थालेपछि दक्षिणि भेगको मुख्य बजारका रुपमा रहेको कालिका गाबिसमा पर्ने आईबिआरडी बजार आजभोलि प्राय सुनसान रहने गरेको छ ।
Read more...
निगमको बझाङ-धनगढी हवाईसेवा बन्द, स्थानीयवासिद्वारा आन्दोलनको चेतावनी
Thursday, 18 March 2010 07:09
बझाङ, ४ चैत । नेपाल वायुसेवा निगमले तीन दसकपछि बझाङ-धनगढीको आफ्नो नियमित उडान बन्द गरेको छ । बिना जानकारी निगमले आफ्नो उडान बन्द गरेपछि जिल्लावासीले त्यसको बिरोध गरेका छन् । साताको एकदिन ट्वीनटर जहाजमार्फत नेपालगंज-बझाङ-धनगढी र धनगढी-बझाङ-नेपालगंज नियमित उडान गरिरहेको निगमको केहीदिन अघि नेपालगंजमा भएको मध्य तथा सुदूरपश्चिमको बैठकले धनगढी रुटको सेडुल आर.ए. ७६२ नम्बरको उडान आन्तरिक कारण जनाउँदै मार्च १६ देखि बन्द गर्ने निर्णय गरेको हो ।
Read more...
एकीकृत माओवादीको जनसभा सेना र प्रहरीले हारिसकेकोः बिप्लव
Thursday, 18 March 2010 07:03
टीकापुर, ५ चैत । एकीकृत माओवादीका नेता नेत्र बिक्रम चन्द बिप्लवले नेपाली सेनाले आफुहरु संग हारेको बताउनुभएको छ । बिप्लवले उक्त कुरा हिजो टीकापुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको हो । आफुहरु पुनः बिबद्रोह नगर्ने बताउदै विप्लवले सेनाले राजालाई छोडेका कारण बिश्वास माओवादीले पछिल्लोपटक बिश्वास गरेको बताउनुभयो ।
Read more...
|