स्थानीय समाचार
बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट द्धारा सुदूरपश्चिम बन्दको घोषणा
धनगढी माघ २३ । वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सुदुरपश्चिमलाई टुक्राएको भन्दै सुदुरपश्चिम बन्दको घोषणा गर्नुभएको छ । सरकारलाई हालै बुझाईएको राज्य पुर्नसंरचना आयोगलका दुबै प्रतिवेदनले सुदुरपश्चिमलाई अलग गरेको भन्दै मन्त्री भट्टले माघ २७ गते सुदुरपश्चिम बन्दको घोषणा गर्नुभएको हो ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै डोटीका ७ दलहरु आन्दोलनमा
डोटी पुष्पराज जोशी माघ २३ । समग्र सुदूरपश्चिमलाई एकराज्य बनाउनुपर्ने माग राख्दै डोटीका ७ राजनीतिक दलका प्रमुखहरुले आइतबारदेखि थप आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । शनिबारदेखि आन्दोलनरत दलहरुले दिपायलमा पत्रकार सम्मेलन गर्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
रातो पासपार्ट दुरुपयोगको आरोप गलत भएको सभाषद रानाको दाबी
धनगढी एफएम संवाददाता माघ २३ । एमालेको तर्फबाट कैलालीबाट समानुपाति सभाषद नारदमुनी रानाले आफ्नो नाममा नक्कली राहदानी लिएर आफुलाई फसाएको आरोप लगाउनुभएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजन गर्दै उहाँले आफुले दोस्रो पटक कुटनीतिक राहदानी नलिएको दाबी गर्नुभयो ।
देउवाद्धारा सिचाई आयोजनाको निरिक्षण
लम्की डम्मर बम माघ २३ । नेपाली का“ग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निमार्णाधिन अवस्थामा रहेको रानि जमरा कुलरीया सिचाई आयोजनाको निरीक्षण गर्नुभएको छ ।
जेठ १४ मा संविधान नबने अर्को निर्वाचनको विकल्प नभएको पूर्वप्रधानमन्त्री देउवाको उद्घोष
भीमदत्तनगर विपी अनमोल माघ २३ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ १४ मा संविधान जारी गर्न नसकिए अर्को निर्वाचनमा जानुको विकल्प नहुने बताउनु भएको छ ।
मेडिकल कलेजका पदाधीकारी नियुक्ति सहित सञ्चालनको प्रक्रिया अघि बढाउन माग गर्दै संघर्ष समितिद्धारा प्रशासनमा धर्ना
धनगढी दीपक जोशी माघ २३ । घोषणा गरेको एक दशक भन्दा बढी समय भईसक्दा पनि स्थापना हुन नसकेको भन्दै मेडिकल कलेज संघर्ष समितिले आइतबार जिल्ला प्रसासन कार्यालय कैलालीमा १ घण्टा धर्ना संगै कोणसभा गरेको छ ।
राष्ट्रिय समाचार
स्थानीय खेल समाचार
Events Gallery
- NO Event Gallery Published yet


