स्थानीय समाचार
आज सरस्वती पुजा हर्षाेल्लासका साथ मनाईदै । धनगढी शान्ती ऐर, दुर्गा खड्का माघ १४ ।
सरस्वती मया द्रष्टा वीणा पुस्तक धारणी । हंस वाहन संयुक्ता बिद्या दानम् करोतुमे ।। भन्ने मन्त्रोच्चारणका साथ आज माघ शुक्लपच्चमीका दिन हिन्दुहरुले बिद्याकी अधिष्ठात्री देबी सरस्वतीको पुजा अर्चना गरि देशभर श्रीपच्चमी पर्ब हर्षाेल्लास तथा धुमधाम सँग मनाईदै छ ।
वडा प्रहरी कार्यालयको निशुल्क हटलाईन फोन सेवा अवरुद्ध भएपछि नगरबासी समस्यामा
धनगढी शिवराज भट्ट माघ १४ नगर क्षेत्रमा हुने आपराधिक घटना र सुरक्षाका कुराहरु गर्न, जनतालाई सजिलो होस भनेर वडा प्रहरी कार्यालय धनगढीलाई दिईएको ११० नम्बरको निशुल्क हटलाईन फोन सेवा दुई महिनादेखि बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन ।
विधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा सुदुरपश्चिमका सीमा नाकाहरुमा उच्च सुरक्षा सर्तकता
भीमदत्तनगर माघ १४ । भारतको उत्तराखण्डमा हुने विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरुले सुदुरपश्चिमका सीमा नाकाहरुमा उच्च सुरक्षा सर्तकता अपनाएका छन । भारतको उत्तराखण्ड राज्य अन्र्तगत नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीहरुले दुई दिन देखी चेकजाँच कडा पार्दै सुरक्षा सर्तकता अपनाएका हुन ।
छाना भत्किएर च्यापिदा एक जना बृद्धको मृत्यु
बाजुरा प्रकास सिंह माघ १४ । बाजुराको कुल्देवमाण्डौ गाविसको वडा नंं ९ माल्तामा छाना भत्किएर च्यापिदा एक जना वृद्धको मृत्यु भएको छ ।
बाजुराको बाह्विस गाविसमा चिसोका कारण ३ जनाको ज्यान गयो
बाजुरा प्रकाश सिह माघ १४ । बाजुराको बाह्रविस गाविसमा चिसोका कारण ३ जनाको मृत्यु भएको छ । लगातार रुपमा बढेको चिसोले एकै गाविसका ३ जनाको मृत्यु भएको हो ।
कैलालीको साडेपानी गाविसमा काँचा सालका गोलिया सहित ६ जना काठ तस्कर पक्राउ
सुख्खड जमुना न्युरे माघ १४ । कैलालीको साडेपानी गाबिस बडा नम्बर– ७ जरहीमा बिहिबार राति काँचा सालका गोलिया सहित ६ जना काठ तस्करहरु पक्राउ परेका छन ।
राष्ट्रिय समाचार
Events Gallery
- NO Event Gallery Published yet


